‘फूलबारी’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म । फागुन ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘फूलबारी’ले ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा छोराछोरी सक्षम भएपछि पराया हुने विषयलाई प्रमुखताका साथ देखाइएको छ । बलिउड फिल्म ‘बागवान’को झल्को दिने ट्रेलरले बुबा आमाले सिरिखुरी सकेर सन्तानको भविष्यमा बनाउने तर बनेपछि सन्तान भने कर्तव्य विमुख हुने कुरालाई फिल्मले उठाएको छ । फिल्ममा विपिन कार्की र अरुणा कार्कीले बाबुआमाको भूमिका निर्वाह गरेका छन् । छोराको भूमिका भने क्रमशः सोमनाथ खना, अनुपम शर्मा र मनिष ढकालले निर्वाह गरेका छन् । बुहारीको भूमिका भने प्रियंका कार्की, गौमाया गुरुङ र साक्षी सिंह भण्डारीले निर्वाह गरेका छन् । फिल्ममा शिल्पा मास्केको पनि अभिनय रहेको छ । यशोधा फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ । मनिष ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको संगीत रहेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई अमेरिकी छायांकार जोश हेरुमले छायांकान गरेका हुन् ।
कमेन्ट गर्नुहोस्