कमेडी च्याम्पियन निर्माणमा जोडियो कान्तिपुर

32 Shares

टिभी । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ आउँदो ५ सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण हुने भएको छ । दोस्रो सिजन आउने तयारी हुँदै गर्दा कान्तिपुर टेलिभिजनसंग सहकार्य हुने सम्झौता भएको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी र कान्तिपुर टेलिभजनले सहकार्य गर्ने सहमतीमा हस्ताक्षर भएको छ ।

गत सोमबार कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसी र रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा बीच ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारण गरिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कमेडी च्याम्पियनको पहिलो संस्करण पनि कान्तिपुरबाटै प्रशारण भएको थियो । अब यसको निर्माण कान्तिपुर टिभीले नै गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्