फिल्म । सम्राट बस्नेत निर्देशित फिल्म ‘पासवर्ड’को ट्रेलर रिलिज भएको । अपराधिक कथा बोकेको फिल्मको ट्रेलरमा प्रोडक्सन भ्यालु देखिन्छ । धेरै जस्तो छायाँकन बेलायतममा गरिएको फिल्म भदौ २७ गते रिलिज हुँदैछ ।अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरले दर्शकमा थप कौतुहलता बढाउने विश्वास निर्माण पक्षको रहेको छ ।
यो फिल्म पछिल्लो समय अभिनेत्री सन्नी लियोनीका कारण चर्चामा छ । एक आइटम नृत्य पस्केकी सन्नीको यसमा केहि सिन अभिनय रहेको निर्माण पक्षले दावी गर्दै आइरहेको छ । एबी इन्टरनेशनलको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ ।
निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।











