युट्युब अपडेट : ऐश्वर्य र कृ रिलिज

फिल्म । जनै पुर्णिमा र गाइजात्रा लक्षित गर्दै युट्युब दुइ नेपाली फिल्म रिलिज भएका छन् । रमेश उप्रेतीको अभिनय तथा निर्माण रहेको फिल्म ‘ऐश्वर्य’ र अनमोल केसी अभिनित फिल्म ‘कृ’ लाई युट्युब रिलिज गरिएको हो । दर्शकको प्रतीक्षामा रहेका दुइ फिल्मले राम्रो भ्युज पाएका छन् । नेपालको युट्युब ट्रेन्डिङ पर्नुले नै फिल्म प्रतिको प्रतीक्षालाई प्रस्ट्याएको छ । ऐश्वर्य ट्रेन्डिङको पहिलो स्थानमा छ भने कृ चौथो । यो विकेन्डमा यी दुइ फिल्म नेपाली दर्शकको रोजाइमा पर्न सक्छन ।

ऐश्वर्य

रमेश उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’ बक्सअफिसमा हिट साबित भयो । यस फिल्मबाट प्रशान्त ताम्राकारलाई खलनायकमा सर्वाधिक रुचाइएको थियो । भने, अभिनेत्री दीपिका प्रसाइँलाई नेपाली फिल्म क्षेत्रले उदाउँदो ताराको रुपमा हेर्यो । फिल्मको ‘तिमी रोएको पल…’ गीत पनि उस्तै हिट भएको थियो । यस फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका थिए । यो फिल्म कलाकार, निर्मातादेखि निर्देशकसम्मलाई विभिन्न कोणबाट लक्की साबित भएको थियो । निर्देशकले जीवनसाथी पाए भने कलाकारले सफलता हात पारे ।

कृ

फिल्म ‘कृ’ मा दर्शकले लभर ब्वाईको रुपमा देख्दै आएका अनमोल केसीलाई एक्सन अवतारमा देख्न पाउनेछन् । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोलले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । फिल्ममा अनुप विक्रम शाही , कामेश्वर चौरासिया लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्