फिल्म । आउँदो साउन ३० गतेबाट फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज मिती नजिकिदै गर्दा निर्माण पक्षले यससँग जोडिएको रमाइलो पक्षलाई अगाडी ल्याई रहेका छन् । हालै एक राउण्ड टेबलमा फिल्मका निर्देशक विकाशराज आचार्यले आर्यन सिग्देल आफैले आफो पाँच सिन काटेको बताएका छन् ।
‘आर्यन आफैले फिल्मको केहि सिन काटेको छ’ निर्देशक आचार्यले कुराकानीको क्रममा भने ‘आर्यनले फिल्म राम्रो बनाउन सबै काम गरेका हुन् ।’ पाँच सिन काटिएको प्रसंगमा आर्यनले पनि फिल्म राम्रो बनाउन यस्तो गरिएको बताए । ‘स्क्रिन स्पेस मात्र लिएर हुँदैन किनकी दर्शक बोर हुनुहुदैन’ आर्यनले भने । लेन्दी हुने भएकोले काटिएको सिनमा धेरै नै आर्यन र स्वस्तिमा खड्काको दृश्य रहेको छ ।
‘मैले पहिलो पटक आफ्नो दृश्य आफैले काट्ने एक्टर देखे’विकासले भने । स्वस्तिमाले पनि दृश्य काटेर फिल्म चुस्त बनाएको बताए । फिल्ममा सलोन बस्नेत , संचिता लुइँटेल , शिवहरी पौडेल , अखिलेस प्रधान र अनुभव रेग्मी पनि छन् । नाई नभन्नु ल सिरिजका निर्देशक विकाशराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ ।
निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा उदय सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।











