दोधारमा झरना !

फिल्म । अभिनेत्री झरना थापाले आफुलाई एक्ट्रेसको रुपमा स्थापित गरिसकेकी छिन् । उनले आफु अभिनित सफल फिल्म ‘ए मेरो हजुर’ को दोस्रो सिरिज मार्फत निर्देशनमा पाईला टेकेकी थिइन् । तर , सफल भइन् । स्टारकास्ट र ब्राण्ड भ्यालुको कारण उनले सफलता पाइन् भने यसको तेस्रो सिरिजले पनि सफलता पायो ।

ए मेरो हजुरको सिरिज मार्फत सफलता पाइरहेकी झरनाले केहि समय अगाडी भने सिरिजबाट विश्राम लिदै नयाँ नाममा फिल्म बनाउने निर्णय गरिन् । उनले समाजिक सञ्जालमै ‘भागवत गीता’ लिएर सामु आउने आशय व्यक्त गरिन् । ‘मैले नयाँ नाममा फिल्म बनाउने सोच बनाएकी छु तर वितरकहरुबाट सिरिजलाई नै निरन्तरता दिन आग्रह गर्नु भएको छ’ झरनाले भनिन् । आफ्नो पछिल्लो फिल्म ‘ए मेरो हजुर ३’ लिएर युरोप उडेकी झरनाले आफु दोधारमा रहेको समेत बताइन ।

‘सोच्ने सकेकी छैन किनकी हामी दोधारमा छौ’ झरना भन्छिन् ‘वितरकले सिरिजलाई नै अगाडी बढाउन सुझाएका छैन , तर निर्णय छिटै गर्नेछौ ।’ शुक्रवार साँझ छोरी सुहानासँग ‘ए मेरो हजुर ३’ को युरोप प्रदर्शनका लागि उड्नु अगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै झरनाले यस्तो बताएकी हुन् । ‘सिरिजलाई अगाडी बढाए भने नयाँ कलाकार लिने सोचमा छु’ उनले भनिन् । यस सिरिज मार्फत २ बाट सलिनमान बनिया र ३ बाट सुहना थापाले डेब्यु गरेका थिए ।

पछिल्लो समय सलिन र सुहाना दुवै फिल्मनगरीमा आफुलाई स्थापित गर्ने दौडमा छन् । झरना आफैले केही दिन अगाडि फेसबुकमा अभिनेता अनमोल केसी र छोरी सुहानासँगको फोटो साझेदार गर्दै क्याप्सनमा ‘मेरो भागवत गीता’ भनेर लेखेकी थिइन् । ‘भावगत गीता’ को लागि अनमोल र सुहाना मेरो पहिलो रोजाई हुनेछन’ उनले भनिन् । अब , हेरौ झरनाले आफ्नो योजनाअनुसार काम गर्छिन् या वितरकको सल्लाहमा रिलिजलाई निरन्तरता दिन्छिन् ? आउँदा केहि दिनमा थाहा हुनेनै छ ।

कमेन्ट गर्नुहोस्