पोष्टरमा हेर्नुस् ‘मारुनी’

फिल्म । भावनात्मक फिल्म बनाउन माहिर मानिने निर्देशक नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङलाई देखाइएको छ । अर्काे पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ ।

उक्त पोस्टरमा साम्राज्ञी र पुष्पको आधा आधा अनुहारलाई प्रस्तुत गरिएको छ । यो पोस्टरले दर्शकलाई फिल्म प्रति उत्सुकता जगाएको छ । फिल्मको थिम अनुसार नै पोष्टर ल्याइएको निर्माण पक्षको भनाइ छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा पुष्प, साम्राज्ञी र रेविकासँगै आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेदै, विनोद भट्टराई, सुशिल क्षेत्री लगायत कलाकारको अभिनय रहेको छ ।

नवल नेपालले निर्देशन गरेको फिल्मलाई पुनम गौतम क्षेत्रीले निर्माण गरेकी हुन् । यो फिल्मको कथा निर्देशक नेपाल र गोविन्द्र फुयालले तयार पारेका हुन् । संजय लामाले छायांकन गरेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । यो फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्