यसरि भयो ‘लभ स्टेसन’ मा जसिताको इन्ट्री

फिल्म । जसिता गुरुङ डेब्यु फिल्म ‘लिली बिली’ मार्फत नै दर्शक माँझ स्थापित भइन । युवा स्टारको ट्याग पाएका प्रदीप खड्काको को-स्टारका साथै फिल्ममा देखिएको मेकिङका कारण उनि चर्चामा आइन । विशेष गरि उनको आवाजलाई एक्ट्रेस सारा शिर्पाईलीको आवाजले पनि निकै मदत गर्यो । फिल्ममा उनको काम एप्रिसिएट भयो । उनको दोस्रो फिल्म ‘लभ स्टेसन’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउंदैछ । यसमा पनि उनका को-स्टार प्रदीप नै छन् । प्रदीपकै जोडी भएर दोस्रो पटक प्रस्तुत हुदा उनलाई ‘प्रेमिका’ को ट्याग पनि नलागेको होइन । गसिपकै रुपमा प्रदीपको प्रेममा जसिता रहेको खबर बेलाबखतमा मिडियामा आउने गरेका छन् ।

प्रदीपकै प्रस्तावमा जसिता ‘लभ स्टेसन’ मा इन भएको पनि खबर केहि मिडियामा नआएको होइन् , तर यसलाई जसिता स्विकार्दिनन् । उनले आफु एग्रीमेन्टको कारण फिल्ममा भएको बताइन् । ‘मैले पहिलो फिल्म रिलिज नहुदै काफिया फिल्म्सको नेक्स्ट फिल्म गर्ने सम्झौता गरेकी थिए , त्यसैले म फिल्ममा छु’ उनले कुराकानीको क्रममा भनिन् ‘मैले प्रदीप नभए पनि यो फिल्म गर्ने पर्ने सम्झाता थियो ।’ काफिया फिल्म्सका अध्यक्ष वितरक तथा निर्माता गोविन्द शाही हुन् । उनले आफुले जसिताको बढ्दो लोकप्रियता देखेर सम्झौता गरेको बताए । ‘आफ्नो ब्यानर मार्फत डेब्यु भएको अभिनेत्रीले सफलता पाउँदै गर्दा अर्को फिल्ममा साइन गराएको हु’ गोविन्दले भने ‘जसितालाई मेरो नेक्स्ट प्रोजेक्टमा साइन गराएको थिए , र त्यो लभ स्टेसन बन्यो ।’

उनले यसपछि भने उनलाई अन्य फिल्म गर्न छुट रहेको बताए । प्रदीपले पनि जसिता सम्भावना बोकेको नाम भएकाले एकै ब्यानरमा रुम्म्लिने सल्लाह नदिने बताए । ‘मसँगै डेब्यु भएकोले उसको राम्रो होस् भन्ने मेरो चाहना हुन्छ’ उनले भने ‘उनको भविष्य उज्वल देखेको छु , यो फिल्म मार्फत उनि झनै दर्शकको मनमा बस्छिन् ।’ फिल्ममा प्रदीप र जसिता जोडीको रुपमा छन् । चैत्र २२ मा प्रदर्शन हुने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उज्वल केहि समयको अन्तरलमा यसैफिल्म मार्फत निर्देशनमा आएका छन् ।

लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्