फिल्म । पछिल्लो समय मलिका महत चर्चामा छिन् । किनकी उनको डेब्यु अभिनय रहेको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ यसै महिनाको अन्तिम शुक्रबार अर्थात् चैत्र २९ बाट प्रदर्शनमा आउंदै छ । फिल्ममा उनको को-स्टार सलिनमान बनिया रहेकाले पनि उनले चर्चा बटुली रहेकी छिन् । सोसल मिडियामा राम्रै फ्यान फ्लोअर्स कमाइ सकेकी मलिकालाई अभिनयमा भने बाल्यकाल देखि नै रुची थियो । ‘मलाइ अभिनयमा रुची थियो तर यति छिटै फिल्ममा आउंछु भन्ने सोचेकी थिइन्’ मलिका भन्छिन् ‘डेब्यु फिल्ममै केहि चुनौती पनि लिएकी छु , आश छ दर्शकको विश्वास जित्ने छु ।’
फिल्ममा उनी दुबै आँखा देख्न नसक्ने यूवतीको भूमिकामा छिन् । उनलाई यो भूमिकामा काम गर्न अप्ठ्यारो लागेपनि चुनौती भने लिन तयार भएको सुनाउँछिन् । फिल्मनगरीले नै सम्भावना बोकेको नायक रुपमा हेरेको सलिन फिल्ममा भ्ग्लरको भूमिकामा छन् । उनले डेब्यु फिल्म मार्फत नै आफ्नो स्टारडम बनाइसकेका छन् । फिल्ममा डेब्यु गर्ल मलिका र सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।
यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।
तस्वीरहरु : आर्यन बिमली











