स्पाइडर म्यानको नयाँ सिरिज ‘फार फ्रम होम’ (ट्रेलर)

फिल्म । गत वर्षको नोभेम्बरमा स्पाइडर भर्सलाई रिलिज गरेको मार्भल स्टुडियोले यस वर्ष स्पाइडर म्यानको नयाँ सिरिज ‘स्पाइडर म्यान: फार फ्रम होम’ रिलिज गर्दैछ । नयाँ सिरिज फार फ्रम होमको ट्रेलर समेत सार्वजनिक भईसकेको छ । ट्रेलरमा मुख्य पात्र टम हल्यान्ड (स्पाइडर म्यान) युरोप भ्रमणमा गएपछि आउने समस्यालाई देखाएको छ । यो सन् २०१७ मा रिलिज भएको ‘स्पाइडर म्यान:होमकमिङ’को दोस्रो श्रृंखला भनिएको फार फ्रम होममा स्यामुयल एल ज्याक्सन, जेन्दया, कोबे स्मल्डरस लगायतको अभिनय रहेको छ । आउदो जुलाई ५ मा रिलिज हुने फिल्मलाइ जोन वाट्सले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्