रहिनन् ‘कामसुत्र थ्री डी’ कि सायरा

फिल्म । एक्ट्रेस सायरा खानको निधन भएको छ । उनको निधन हर्टअट्याकका कारण गत शुक्रबार भएको हो । उनको मृत्युको पुष्टि निर्देशक रुपेश पौलले गरेका हुन् । पछिल्लो समय रुपेश निर्देशित फिल्म ‘कामसुत्र थ्री डी’ मा उनले काम गरेकी थिइन् । जति चर्चा फिल्ममा काम गर्ने शर्लिन चोपडाको थियो त्यति नै चर्चा उनले पाएको थिइन् । उनि पछिल्लो समय के कस्तो अवस्थामा थिइन् भन्ने बारे नाखुलेता पनि उनको परिवारले फिल्ममा अभिनय गरेपछि भने निकै गाह्रो बनाएको थियो । मुस्लिम समुदायकी भएकोले पनि उनले अभिनय गरेको फिल्ममा नाम आउने वितिकै उनि विवादमा तानिएकि थिइन् ।

कमेन्ट गर्नुहोस्