सिर्जनाले ल्याइन ‘कान्छा’ (भिडियो)

संगीत । गायिका सिर्जना कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । उनले पूर्वेली मारूनी भाकामा नयाँ गीत रिलिज गरेकी हुन् । आफ्नै स्वर तथा सङ्गीतमा उनले ‘कान्छा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । अर्पण कार्की तथा गायिकाको शब्द रहेको गीतको म्युजिक भिडियोमा अजिता खड्काको साथमा साधना कला केन्द्र समूहको नृत्य रहेको छ भने यसमा सिर्जना कार्की, बिप्लभ खड्का, कुमारी दाहाल र बालकलाकार सौर्य बिक्रम थापाको अभिनय रहेको छ ।

गीतमा राम कुमार केसीको छायांकन, सुशील न्यौपानेको सम्पादन अजिता खड्काको कोरियोग्राफी र अर्पण कार्कीको निर्देशन रहेको छ। म्यूजिक भिडियो सार्वजनिक भएसँगै श्रोता र दर्शकको प्रतिकृयाले उत्साहित देखिएकी गायिका सिर्जना आगामी दिनमा यसले अझ निरन्तर लाग्नलाई प्रेरणा मिलेको बताइन् ।

कमेन्ट गर्नुहोस्