मिलन भन्छन् ‘देशको स्टारले स्टोरी नै नपढी कसरि फिल्म साइन गरे ?’

फिल्म । पछिल्लो समय फिल्म ‘ब्याचलर बन्टी’ चर्चामा छ । गतसाता मात्र फिल्म बन्ने र नबन्ने खबर केहि दिनको अन्तरालमा आएपछि चर्चा बढेको हो । अनमोलले फिल्म नगर्मे खबर आइसैपछी निर्माता सुदिप खड्कासँगको तस्वीर मिडियामा आयो , जहाँ शुटिङ डेट र रिलिज डेट नै तोकियो । तर , त्यो चर्चा सेलाउन नपाउदै फेरी अनमोलले फिल्म नगर्ने प्रतिक्रिया दिए । फिल्म ‘ए मेरो हजुर ३’ को छायाँकनको लागि अमेरिका उड्ने क्रममा एअरपोर्टमा उनले क्यारेक्टर चित्त नबुझेको बताए ।

‘फिल्मको स्टोरी राम्रो छ , टिम पनि राम्रो छ तर मलाइ मेरो क्यारेक्टर चित्त बुझेन’ अनमोलले पत्रकारलाई प्रतिक्रिया दिदै भने ‘मार्केटमा भएका हिरोहरु पल शाह , सलिन मान बनिया र प्रदीप खड्का मध्य जो फिट पाउनु हुन्छ , सेलेक्ट गर्दा हुन्छ ।’ अनमोल आफैलाई नसुहाउने तर अरुलाई सुहाउँन सक्छ भन्ने दिएको प्रतिक्रियाको विरोध भइरहदा फिल्मका निर्देशक मिलन चाम्सले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । ‘मैले बोबीको सिक्वेल एनाउन्समेन्टमा पनि मेरो यो प्रोजेक्ट चैत्रबाट फ्लोरमा जाने बताएको थिय र अनमोलसँग समय मिलेमा प्रोजेक्ट गर्ने बताएको थिए’ मिलन भन्छन् ‘अनमोलले स्टोरी मन परेर नै फिल्म साइन गरेर एडभान्स पनि लिनु भएको हो , देशको स्टारले यतिकै त कसैको फिल्म त साइन गर्दैनन् होला नि ।’

मिलनको प्रश्न स्वाभाविक पनि छ , किनकी अनमोलले धेरैको कथालाई चित्त नबुझेको भन्दै रिजेक्ट गरेकाछन् । तर फिल्म साइन गरेर किन छाडे त अनमोलले ? यो भने जिज्ञाषाको विषय पनि भएको छ । मिलन भन्छन् हाम्रो प्रोजेक्ट टाइममा सुरु नभएकोले पनि हो । ब्याचलर बन्टी गर्ने भएपछी मिलनले आफ्नो नया प्रोजेक्टलाइ पछाडी सारेका थिए तर घोषित मितिमा छायाँकन नभएपछी उनि वीर विक्रम २ मा व्यस्त भए । तर , त्यसपछि पनि सुदिप भने फिल्मको छायाँकनको समय मिलाउन थाले ।

सुदिपकै पहलमा अनमोलसँग फिल्मको छायाँकन बैशाखमा सुरु गरेर भाद्र १३ मा रिलिज गर्ने सल्लाह भयो । अनमोलले पनि बैशाखपछीको समय आफुसँग रहेको बताएका थिए । सहमतिसँगै फिल्मको उक्त न्युज बाहिर आयो । ‘मसँग सल्लाह नै नगरेर न्युज आएपछि मैले आफ्नो असहमति फेसबुक मार्फत नै जनाएको थिए’ मिलन भन्छन् ‘शनिवार हाम्रो भेटघाट थियो तर अनमोलले समयको महत्व बुझेनन् , त्यसपछी मैले नै फिल्म नगरौ भनेको थिए ।’ पछिल्लो समय अनमोल स्टार भएकोले आफ्नो कुरा प्रायले नपत्याउनेमा मिलनलाई दुविधा छैन तर उनि आफुसँग टेक्स्ट प्रमाण नै रहेको बताउछन् ।

कमेन्ट गर्नुहोस्