चर्चामा ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’

फिल्म । नेपाली फिल्म ‘बेहुली’ को पहिलो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएसँगै चर्चामा आएको छ । गएको शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमार्फत लोक फ्लेभरमा आधारित गीत सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका हुन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन्।

गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ फिचर्ड छन्। उनीहरूको अनस्क्रिन केमेस्ट्री र नृत्यलाई पत्रकार सम्मेलनमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण पक्षले जनाएको छ।

गीत सार्वजनिक कार्यक्रममा संगीतकार तथा निर्माता अर्जुन पोखरेलले यो गीत फिल्मको प्रचारप्रसारका लागि विशेष रूपमा तयार गरिएको बताए। गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यसअघि सार्वजनिक भएको फिल्मको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको थियो। निर्माण पक्षले नयाँ गीतले फिल्मप्रतिको दर्शकको उत्साह अझ बढाउने विश्वास व्यक्त गरेको छ।

सशान कँडेल निर्देशित तथा माधव शर्माद्वारा लिखित फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सहनिर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।

कमेन्ट गर्नुहोस्