फिल्म । जीतु नेपालले पहिलोपटक निर्माण गरेको फिल्म आईएम जीतबहादुरको टिजर सार्वजनिक गरिएको छ । सुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्मले गाउँबाट सहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक साधारण युवाको कथा रोचक ढंगमा प्रस्तुत गरेको छ ।
फिल्ममा जीतु नेपाल मुख्य भूमिकामा छन् भने उनको जोडीका रूपमा वर्षा राउतले अभिनय गरेकी छन् । साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायत कलाकारहरू विशेष भूमिकामा देखिएका छन् ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्ममा निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले निर्माणमा साथ दिएका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको यस फिल्म आगामी वर्षको असार महिनाभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।
कमेन्ट गर्नुहोस्










