फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले फागुन १६ गते (शनिबार)सम्मको कारोबारसम्बन्धी तथ्यांक सोमबार सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘कुमारी’ ले सो अवधिमा रु ६४ लाख ४८ हजार १२६ कमाइ गरेको छ । फिल्मका लागि कुल १९ हजार ९५९ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा अविशेक खड्का र आकृतीराज भण्डारीलगायत कलाकारको अभिनय रहेको छ । जेनजी पुस्ताको प्रेमकथामा आधारित भनिएको फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन । दर्शक तथा समीक्षाबाट सन्तोषजनक प्रतिक्रिया नपाउँदा त्यसको असर व्यापारमा परेको देखिएको छ ।
कमेन्ट गर्नुहोस्










