‘आ बाट आमा’ ले कमायो १२ करोड

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनहरूमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको फागुन १६ गते (शनिबार)सम्मको कारोबार विवरण सोमबार सार्वजनिक गरेको हो।

बोर्डका अनुसार माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ ले हालसम्म रु १२ करोड २३ लाख ३८ हजार ८२९ कमाइ गरेको छ। मनोरञ्जनसँगै देश परिवर्तनको विषय उठान गरेको उक्त फिल्मका लागि कुल ४ लाख ६१ हजार ५७२ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।

निर्देशक चन्द्र पन्त को निर्देशनमा बनेको फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्