फिल्म । आसन्न निर्वाचनलाई कारण देखाउँदै मंगलबार एकैदिन प्रदर्शनमा रहेका दुई फिल्मले एकैसाथ प्रदर्शन रोक्ने निर्णय गरेका छन् । फिल्म ‘बिगुल’ र ‘श्री बुकुरो’ ले चल्दाचल्दैको प्रदर्शन स्थगित गरेका हुन् । ‘बिगुल’ले अर्को सूचना सार्वजनिक नभएसम्म प्रदर्शन रोक्ने घोषणा गरेको छ ।
त्यस्तै, ‘श्री बुकुरो’को वितरण कम्पनीले फागुन ६ गतेदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । वितरण कम्पनी नेसनल सिने ग्रुप नेपालका अनुसार यो फिल्म अब १८ वैशाखदेखि पुनः प्रदर्शनमा आउनेछ । दुवै फिल्मले प्रदर्शन स्थगित गर्नुको कारण चुनावी संवेदनशीलतालाई देखाएका छन् ।
कमेन्ट गर्नुहोस्












