‘लालिमा’को टिजरमा रोशनी

फिल्म । आगामी फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार साँझ उक्त टिजर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्की एकल रूपमा फिचर्ड छन् । कोठाभित्र मानसिक समस्यामा परेर छटपटाइरहेको उनको दृश्य टिजरमा देख्न सकिन्छ । टिजरमा फिल्मको कथावस्तु सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ ।

‘लालिमा’का लेखक तथा निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा आधारित छ । फिल्ममा रोशनी कार्कीसहित शिशिर वाङ्देल, जीनव भट्टराई, उषा रजक र सुष्मा निरौलालगायत कलाकारको अभिनय रहेको छ ।

फेथ आस्थाको ब्यानरमा निर्माण भएको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् ।

कमेन्ट गर्नुहोस्