आजदेखि देशभर प्रदर्शन भयो ‘पीआर’

फिल्म । अस्ट्रेलियामा स्थायी बसोबासका लागि सङ्घर्ष गर्ने नेपालीको कथामा आधारित फिल्म ‘पीआर’ आजदेखि नेपालभर प्रदर्शन भएको छ । ७० प्रतिशत अस्ट्रेलिया र बाँकी नेपालमा छायांकन गरिएको उक्त फिल्ममा सुरज पौडेल, बिनिता कार्की, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्कीलगायतका कलाकारले अभिनय गरेका छन् ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा सुन्दर भविष्यको सपना बोकेर विदेश जाने नेपालीको सङ्घर्ष, भोगाइ र मेहनतलाई उजागर गर्न सक्दो प्रयास गरेको निर्देशक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्