सबैको विचार समेटेर अघि बढ्नुपर्नेमा दीपकको जोड

फिल्म । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनको माग सम्बोधन गर्दै सबैको विचारको प्रतिनिधित्व हुने गरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘जेनजीको आन्दोलनले सफलता प्राप्त गरे पनि ठूलो भौतिक र मानवीय क्षति भएको छ । त्यसमा विभिन्न स्वार्थ समूहको घुसपैठ भएको भिडियो प्रमाणहरूले देखाउँछ’, गिरीले लेखेका छन् । उनले विभिन्न समूहले आफ्ना स्वार्थअनुसार गलत सल्लाह दिएर देशलाई ठूलो द्वन्द्वमा धकेल्ने खतरा रहेको भन्दै जेनजी पुस्तालाई सचेत रहन आग्रह गरे ।

उनले थपे, ‘भ्रष्टाचार र सुशासनलगायतका प्रमुख मागहरू सम्बोधन हुने प्रत्याभूति र भविष्यमा राष्ट्रिय एकता कायम हुने गरी सबैको विचार समेटेर अघि बढ्नु आजको आवश्यकता हो। यसका लागि नागरिक समाजले पनि सहयोग गर्नुपर्छ ।’ अन्य कलाकर्मीले पनि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने विषयमा चनाखो हुन् आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्