
फिल्म । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्मले पहिलो साता देशब्यापी ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले जनाएका छन् । प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईको अभिनय रहेको यो फिल्मले अन्तर सांस्कृतिक – जातिय सम्बन्ध र काँठका बासिन्दाको जीविकोपार्जन र उनीहरुको संघर्षको कथा भन्छ ।
‘मनसरा’को यो कूल कलेक्सनमा पूर्वेली सहरको योगदान उच्च छ । सुब्बाको अघिल्लो फिल्म ‘जारी’ले २०८० सालमा १७ करोड ३० लाख ग्रस कमाउँदै उक्त वर्ष धेरै कमाउने घरेलु फिल्मको रेकर्ड राखेको थियो ।
‘मनसरा’ अमेरिकामा आजदेखि प्रदर्शनमा आएको छ । स्थानीय वितरक प्याट्रिक सुवेदीले अमेरिकाभर वृहत रुपमा प्रदर्शनी सुरू गरिएको जानकारी दिए । उनले पहिलो साता दुईसय पचास शो सेड्युल गरिएको बताए । ‘यही समूहद्वारा निर्माण गरिएको जारीको सफलताका कारण मनसरा हेर्नेको माग धेरै छ । सोही अनुसार हामीले अमेरिकाभर शो प्लान गरेका हौँ’, उनले भने ।

