‘नरसिंहाः अवतार’लाई दर्शकको साथ

फिल्म । आज शुक्रबारबाट देशभरका हलमा रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’लाई दर्शकको सुखद साथ मिलिरहेको छ । आज बिहानैबाट काठमाडौं लगायतका स्थानमा दर्शकको अकुपेन्सी सुखद छ । वितरक करण श्रेष्ठले पहिलो दिन दर्शकको साथ फिल्मलाई प्राप्त भएको बताएका छन् ।

फिल्म हेरेर दर्शकहरु ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत गाउँदै फर्किएका थिए । फिल्म निकै राम्रो रहेको र राजेश हमालको कमब्याक सार्थक भएको प्रतिक्रिया दर्शकको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, नीर शाह, प्रशान्त ताम्राकार, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, एभिलिना खड्का, समाइरा थापा लगायतका कलाकारहरुको अभिनय छ ।

आठ वर्षपछि फिल्मको पर्दामा कमब्याक गरेका ‘महानायक’ राजेश हमाललाई हेर्न दर्शकहरु उत्साहित देखिएका छन् । फिल्म हेर्दै गर्दा राजेश हमालका हरेक दृश्यमा दर्शकको हुटिङले पनि उनीप्रतिको व्यग्र प्रतिक्षा पुष्टि हुन्छ ।

नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको यो फिल्मले पारिवारिक, प्रेम, विछोड, बदलाको कथा भन्छ ।

कमेन्ट गर्नुहोस्