देश । नेपालमा हाल क्यानाडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको संख्या बढ्दो छ। यही कुरालाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई सहज जानकारी उपलब्ध गराउने उद्देश्यका साथ सीएससी ग्लोबल नयाँ बानेश्वरले श्रावण २७ गतेदेखि श्रावण ३१ गतेसम्म ‘क्यानाडा एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ ।
क्यानाडाका विभिन्न विश्वविद्यालय र कलेजका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने यस मेलामा विद्यार्थी र अभिभावकहरूले एकै ठाउँबाट अध्ययनसम्बन्धी सम्पूर्ण जानकारी पाउन सक्नेछन् । मेलामा विद्यार्थीहरूले शैक्षिक प्रणाली, उपलब्ध कोर्ष र विश्वविद्यालयबारे विस्तृत जानकारी प्राप्त गर्नेछन् ।सीएससी ग्लोबलका म्यानेजर विद्या बस्नेतका अनुसार पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै यो मेला आयोजना गरिएको हो ।
मेला नयाँ बानेश्वरस्थित सीएससी ग्लोबलको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । आयोजकले यस मेलामा एक हजार पाँच सयदेखि दुई हजारसम्म विद्यार्थी सहभागी हुने अपेक्षा गरेको छ। सहभागी विद्यार्थीहरूलाई विभिन्न उपहार पनि प्रदान गरिने बताइएको छ ।











