देश । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेर आउँदो वैशाख १७ र २७ गर्ने मध्यावधी निर्वाचन गर्ने भनेपछि राजनीतिज्ञहरु आन्दोलनमा आउने भएका छन् । नेकपा पार्टी भित्र आन्दोलनको तयारी भइरहदा प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सडक आन्दोलन गर्ने भएको छ ।
आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट संसद् विघटनको निर्णय लिएको भन्दै सडकमा जाने निर्णय गरेको जनाएको छ । यस्तै, आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ ।
कांग्रेस पदाधिकारी बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि जनाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्तिमार्फत मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको जनाएका छन् ।










