‘पञ्चायत’ मा चुनाव (ट्रेलर)

ओटीटी । भारतसँगै नेपालमा पनि लोकप्रिय सिरिज बनिसकेको छ ‘पञ्चायत’ । गाउँको हाँसो ठट्टा, झगडा, राजनीति र मन छुने कथा हेर्न पाइने ‘पञ्चायत’ को चौथो सिजन आगामी जुन २८ मा सार्वजनिक हुने बएको छ । नेपाली दर्शकले पनि खुब रुचाएको यो भारतीय वेब सिरिजको नयाँ सिजनमा फुलेरामा हुने चुनाव देखाइएको छ ।

रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैसल मलिक, दुर्गेश कुमार, सान्विकासँगै सचिवका रिपमा देखिने अभिषेक त्रिपाठी उर्फ् जितेन्द्र कुमार चुनावी माहोलमा होमिएको सार्वजनिक ट्रेलरले देखाएको छ । ‘द वायरल फीभर’ले निर्माण गरेको यो सिरिजलाई चन्दन कुमारको लेखनमा दीपक कुमार मिश्र र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन् ।

ट्रेलर सार्वजनिक भएसँगै यसपटक गाउँमा चुनावी माहोल रहेकाले अघिल्लो सिरिज भन्दा कथा केही फरक हुने अनुमान लगाइएको छ ।

कमेन्ट गर्नुहोस्