कुसुमले गरिन् प्रेमी विश्वसँग इन्गेजमेन्ट

फिल्म । चर्चित म्युजिक भिडियो ‘सकम्बरी’ बाट चर्चामा आएकी मोडल कुसुम शर्माले आफ्ना प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् । विगत दुई वर्षअघि रिलिज भएको प्रकाश सपुतको उक्त गीतबाट कुसुमले निकै लोकप्रियता कमाएकी थिइन् ।

कुसुमले मंगलबार प्रेमी विश्व अधिकारीसँग टीकाटालो गरेकी हुन् । यी दुई केही समयदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बताइएको छ । कुसुम आफैँले सामाजिक सञ्जाल टिकटकमार्फत इन्गेजमेन्टको भिडियो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । भिडियो सार्वजनिक भएपछि उनका प्रशंसकहरूले बधाई तथा शुभकामना दिइरहेका छन् ।

अभिनय क्षेत्रमा पनि सक्रिय कुसुमले मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । ‘सकम्बरी’ को सफलतापछि उनले दर्जनौं म्युजिक भिडियोमा समेत आफ्नो अभिनय कौशल प्रस्तुत गरिसकेकी छन् ।

कमेन्ट गर्नुहोस्