‘छक्का पञ्जा ३’ को सेलिब्रेसन (फोटो कथा )

फिल्म । यसवर्षको ब्लकबष्टर फिल्म ‘छक्का पञ्जा ३’ ले ५१ औ दिन पार गरेको खुसियाली फिल्मकर्मी तथा मिडियाकर्मीसँग साटेको छ । अघिल्लो पटक झैँ यसपटक पनि निर्माण युनिटले सफलतालाई भव्यरुपमा साटेका छन् । आयोजित ‘सक्सेस पार्टी’ मा ५१ औ दिन पार गर्ने उपत्यकाका ९ हल र उपत्यका बाहिरका ४ हललाई सम्मान पत्र प्रदान गरिएको थियो भने फिल्म युनिट र पत्रकारलाई पनि सम्मान पत्र दिईएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले दीपक र दीपालाई शुभकामना दिनुभयो ।

छक्का पञ्जा युनिटको सेलिब्रेसनमा मदनसँगै नीर शाह , राजेन्द्र थापा , निर्देशक अशोक शर्मा , उज्वल घिमिरे , निर्माता केशव भट्टराई , छविराज ओझा , कलाकार निर्मल शर्मा , रमेश उप्रेती , करिष्मा मानन्धर, प्रशान्त ताम्राकार , रमेश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । निर्देशक दीपाश्री निरौला, कलाकारहरु जितु नेपाल, केदार घिमिरे, बर्षा राउत , संजोग कोइराला फिल्म युनिटको रुपमा उपस्थित थिए । यसैगरी चलचित्र विकास बोर्डका नव नियुक्त सदस्यद्वय नरेन्द्र महर्जन र दयाराम दाहाल पनि कार्यक्रममा उपस्थित थिए । फिल्मकर्मीको उपस्थिति देखेर दीपाले आफुले कमाएको विश्वास र माया रहेको बताइन । ‘हाम्रो कमाइ नै यहि हो फिल्मकर्मीको माया अनि दर्शकको मायासँगै विश्वास’ उनले भनिन । तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्