‘सितारे जमीन पर’ मा कस्तो छ आमिरको भूमिका ?

फिल्म । भारतीय अभिनेता आमिर खान फेरि नयाँ भूमिकामा दर्शकमाझ आउँदैछन् । उनले अभिनय गरेको फिल्म ‘सितारे जमीन पर’ लगभग तयार भइसकेको छ ।

यो फिल्ममा आमिर फरक अवतारमा देखिने भएका छन्। उनले फिल्ममा बास्केटबल कोचको भूमिका निर्वाह गरेका छन् । फिल्मको विषयमा बोल्दै आमिरले अघिल्लो फिल्म ‘तारे जमीन पर’ भन्दा फरक यसपटक फरक विषय प्रस्तुत गर्ने बताए । उनले भने,‘यसले तपाईंलाई हसाउँछ, जबकि ‘तारे जमीन पर’ ले तपाईंलाई रूवायो । यो फिल्म प्रेम, मित्रता र जीवनको कथा हो ।’

यो फिल्म स्पेनिश फिल्म ‘च्याम्पियन्स’ (२०१८) को हिन्दी रिमेक हो । यो फिल्म स्पेनको एडरेस बास्केटबल टिमको वास्तविक घटनामा आधारित छ । ‘सितारे जमीन पर’ फिल्मको निर्देशन आरएस पसन्नाले गरेका हुन् । फिल्ममा आमिरसँगै दर्शील सफारी (जो ‘तारे जमीन पर’ मा बालकलाकार थिए) र जेनेलिया डिसुजा पनि प्रमुख भूमिकामा देखिनेछन् ।

आमिरले आफू समय भन्दा फरक रुपमा प्रस्तुत भएको बताएका छन् । उनले भनेम,‘अहिले पुरै बलिउड एक्सन फिल्मको पछाडि लागेका छन् । तर, मैले बनाएको फिल्ममा एक झापड पनि छैन । यो पूर्ण रुपमा फ्यामिली इन्टरटेनर फिल्म हो । म बलिउड भन्दा उल्टो चल्ने गरेको छु ।’

‘तारे जमीन पर’ सन् २००७ मा रिलिज भएको आमिर खानको सुपरहिट फिल्म हो, जसले शिक्षा र विशेष आवश्यकतासमेतका विषयहरू उठान गरेको थियो ।

कमेन्ट गर्नुहोस्