फिल्म । पछिल्लो समय फिल्म ‘बुद्ध वर्ण इन नेपाल’ लाई निर्माण गर्नुका साथै अभिनय समेत गरेका अभिनेता रमित ढुंगानाले अब सोसल ड्रामामै रहेर फिल्म निर्माण गर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै उनले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको वायोपिक बनाउने तयारीमा रहेको जनाए । ‘अहिले प्रि- प्रोडक्सनको कामहरु चलिरहेका छन् । यहिँ महिनाकै अन्तिम साता छायांकनमा जाने तयारीमा छौँ’ रमितले भने ।
उनले पछिल्लो फिल्मले पाएको प्रतिक्रियाले आफुलाई सोसल ड्रामामा आकर्षित गरेको समेत बताए । ‘अब हामीले स्तरीय फिल्म बनाउनु पर्छ । आफ्नै कथालाइ देखाउनु पर्छ अनि मात्र कोरोना भाइरसको महामारीपछिको यो समयमा दर्शकको साथ् पाउनेछौँ’ रमितले भने । चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा शाखा दाङका सल्लाकार शरद रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण शाखा सदस्य भुपेश वलीले गरेका थिए ।