फिल्म । भारतीय अभिनेता ऋतिक रोशनको आगामी फिल्म ‘कृष ४’ मार्फत निर्देशक बन्दैछन् । आफ्ना बुवाको फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका ऋतिक अब पुरा कमाण्ड सम्हाल्ने भएका छन् । हाल ‘वार २’ को छायांकनमा व्यस्त रहेका ऋतिकले ‘कृष ४’को प्रि-प्रोडक्सनको काम अगाडि बढाएका छन् ।
फिल्ममा नोरा फतेही र प्रिती जिन्टाको अभिनय रहन सक्ने भारतीय मिडियामा उल्लेख छ । नोरा यो सिरिजका लागि नयाँ नाम भएता पनि प्रिती भने पुरानो नाम हुन् । उनले ‘कोई मिल गया’मा ऋतिक रोशनको अपोजिट काम गरिसकेकी छिन् । उनको अभिनय दर्शकहरूले मन पराएका थिए ।
‘कृष ४’ ले ‘कोई मिल गया’ को कथा पुनः जीवित गर्ने सम्भावना छ । २२ वर्षपछि ‘जादू’को कमब्याक हुने हल्ला चलेको छ । निर्माता राकेश रोशनले केही समयअघि एक कार्यक्रममा दिग्गज अभिनेत्री रेखाको फिल्ममा पुनः आगमन हुन सक्ने संकेत दिएका थिए ।
कमेन्ट गर्नुहोस्











