फिल्म । सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ फ्लप भयो । फिल्मले अपेक्षित व्यापार गर्न सकेन । तर, ओटीटीका माध्यमले दर्शकसम्म पुगेपछि फिल्मको लोकप्रियता बढ्यो । यसका गीत र बिछोडको कथालाई युवाले रिलेट गरे । फलत अहिले पुनः रिलिजमा बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ ।
सन् २०१६ मा रिलिज भएको फिल्म ‘सनम तेरी कसम’ पुनः गत ७ फेब्रुअरीमा रिलिज भएको हो । सो फिल्मले २०१६ मा रिलिज हुदाँ अलटाइम १६ करोड तीन लाखको वुअपार गरेको थियो भने हालसम्म रि–रिलिजमा फिल्मले ३४ करोड २९ लाखको बक्स अफिस कलेक्सन गरिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो पुनः रिलिजमा सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक पर्न सफल भइसकेको छ । यसअगाडि ‘तुम्बाद’,’एह जवानी है दिवानी’ ले पनि पुनः प्रदर्शनमा राम्रो कमाइ गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्










