देश । परिक्षणका रूपमा नि:शुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २ सय रूपैया शुल्क लाग्ने भएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सहरी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
२०८१ मङ्सिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । यस्तै, धरहरामा पार्किङ गर्दा चार पाङग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङग्रेलाई १० रुपैयाँ तोकेको छ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघन्टा ५ हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।










