फिल्म । आजदेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ को सुखद सुरुआत भएको छ । आज दिनभर फिल्म हेर्न दर्शकको राम्रो चाँप हलमा देखिएको छ । अधिकाँस हल हाउसफुल छन् भने केहीमा उच्च अकुपेन्सी छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको फिल्म हेर्न दर्शक सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म उपस्थित भएका छन् ।
नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले देशभर एक सय ५० बढि शो पाएको छ । दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण शनिबारको लागि शो अझै बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन । उनले भनिन्,‘हामी काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेका छौं । उहाँहरूले नै अब हाम्रो फिल्मको प्रचार गर्नुहुनेमा मसहित सम्पूर्ण टीम विश्वस्त छौं । दर्शकलाई एउटा उत्कृष्ट फिल्म दिने हाम्रो सपना आजबाट पूर्ण भएको छ, हामी प्रतिक्रिया लिन अधैर्य छौं ।’
नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टका कारण दर्शक माँझ प्रतिक्षित थियो । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।











