‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा ३० मोडल छनौट

सौन्दर्य । ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’का लागि ३० मोडल छनौट भएका छन् । मोडल छनौट अडिसनबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिएका हुन् । छनौट भएका मोडलको नामावली केही समयपछि सार्वजनिक गर्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले बताए । छनौट चरणको निर्णायकमा डा. उदीप श्रेष्ठ, युवराज श्रेष्ठ, सुस्मा कार्की ,रमिला नेमकुम, दीपक ज्ञवाली रहेका थिए ।

यो फेसन शो आगामी १४ डिसेम्बरमा होटल याक एण्ड यतिमा आयोजना हुदैछ । शोमा शोटपरको रुपमा सहभागी हुन बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पनि नेपाल आउनेछिन् ।

शोमा सहभागी मोडलहरुमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान आयोजकको रहेको थियो । शोमा नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा बिभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस्