दयाको अंग्रेजी परिक्षण (टिजर)

फिल्म । आउँदो वैशाख १ गते प्रदर्शन घोषणा गरिएको नेपाली फिल्म ‘डिग्री माइला’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्ने फिल्ममा दया अभिनेत्री आँचल शर्मासँग रोमान्टिक मुडमा देखिएका छन् । उनीहरूको जोडी नयाँ र फ्रेस देखिएको छ । फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्याग लाइन बनाइएको फिल्ममा दयाले आफ्नै कारण निम्त्याउने समस्या र त्यसमा गर्ने सङ्घर्षलाई देखाईएको छ । यसमा नेमिष श्रेष्ठको सम्पादन, रोहित शाक्यको पार्श्व सङ्गीत, शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन रहेको छ ।
कमेन्ट गर्नुहोस्