सुनिलको रोलमा ‘प्रशान्त’

फिल्म । ‘लाखे’ फिल्ममा अभिनेता प्राशान्त ताम्राकार भित्रिएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् । यसअघि भिलेन भूमिकामा सुनिल थापा छानिएका थिए । थापाले बलिउड फिल्ममा अभिनय गर्नुपर्ने भएकाले समय दिन नसक्ने बताउँदै उनकै सहमतिमा ताम्राकार लिएको निर्माण पक्षले जनाएको छ ।

सुनिलको रोललाई आफुलाई सक्दो न्याय गर्ने प्रशान्तले बताए । अभिनेता ताम्राकारले आफू‘लाखे’ मा जोडिन पाउँदा खुसी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’

सम्राट बस्नेतको निर्देशन रहेको फिल्म ‘लाखे’ अहिले उपत्यकाको विभिन्न स्थानहरुमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउतको अभिनय छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता हुन् ।

कमेन्ट गर्नुहोस्