‘सारेगामापा’ मा मेनुका

जयहोस् । नेपालको गायन रियालिटी शो ‘नेपाल आइडल’ को सिजन एक मार्फत सबै माँझ आफुलाई परिचित गराउन सफल नवोदित गायिका मेनुका पौडेलले भारतीय चर्चित गायन शो ‘सारेगामापा’ मा अडिसन दिएकी छिन । उनले अडिसन दिएको भिडियो यतिबेला सोसल मिडियामा भाइरल भईरहेको छ । कारण उनको गायकीसँगै निर्णायकले दिएको प्रतिक्रिया पनि हो । उनको प्रस्तुति हेरिसकेपछी र गायन सुनीसकेपछी जजले तारिफ मात्र गरेनन् , आँखाबाट आशु समेत छाडे । आँखाको ज्योति गुमाएकी मेनुका पहिलो राउण्ड मार्फत सेलेक्ट भैसकेकी छिन । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी हुन् । लता मंगेशकरको आवाजमा रहेको ‘जाने क्या बात है’ बोलको गीत मेनुकाले गाएकी थिइन् । संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे । प्रसंसासँगै मेनुकाको संगीत यात्राको सफलताको कामना समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्