विजय बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

संगीत । रियालिटी गायन शो ‘द भ्वाइस अफ नेपाल’ सिजन १ को विजेता सिडी विजय अधिकारी बनेका छन् । कतारमा सप्मन्न ग्राण्ड फिनालेमा उनले टाइटल विनरको उपाधि जितेका हुन् । पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्यकलाकार जोडि धुर्मुस र सन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमिरेले गर्नुभएको थियो । विजयसँगै कुशल आचार्य , सृजय थपलिया र सप्तक दुतराज अन्तिम ४ मा पुग्न सफल भएका थिए । कोच प्रमोद खरेल मार्फत द भ्वाइस अफ नेपालमा इन्ट्री पाएका विजयले पछी कोच दीप तुलाधरको टिममा थिए । विजयले टाइटल जितेसँगै नगद रु १५ लाख , एक नयाँ गाडी र २० लाख बराबरको गीत रेकर्डिङ गर्ने अवसर र वर्ल्ड टुरको मौका पाउनेछन् ।

कमेन्ट गर्नुहोस्