इन्टरनेटमा ‘शत्रु गते’ रिलिज

फिल्म । गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ इन्टरनेट रिलिज भएको छ । फिल्म ‘आइफ्लिक्स’ मा हेर्न मिल्नेछ । यसको लागि एनसेल प्रयोगकर्ता हुनुपर्नेछ । फ्यामिड्रामालाई युट्युब भन्दा अगाडी आइफ्लिक्समा रिलिज गरिएको हो । यसको निर्माण टिम यतिबेला फिल्म ‘दाल भात तरकारी’ को छायाँकनमा व्यस्त छन् । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘शत्रु गते’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , आँचल शर्मा , किरण केसी , शिवहरी पौडेल , राजाराम पौडेल , रविन्द्र झा लगायतको अभिनय रहेको छ ।

फिल्म हेर्न यो लिंकमा क्लिक गर्नुहोस ।

कमेन्ट गर्नुहोस्