करणको अभिनय मोह

फिल्म । बलिउडमा करण जोहरको नाम निर्देशक र निर्माताको रुपमा प्रख्यात छ । धर्मा प्रोडक्सनलाई करणले सम्हाल्दै आएका छन् । उनले यस प्रोडक्सन मार्फत कयौ नयाँ प्रतिभालाई बलिउडसम्म ल्याएका पनि छन् । यिनै करणलाई अभिनयको सौख भने निकै छ । दिलवाले दुल्हनिया ले जाएंगे फिल्ममा शाहरुख खानको साथीको भूमिका निर्वाह गरेका करणले सन् २०१५ मा अभिनय गरे फिल्म ,’बम्बे भेल्भेट’ मा । फिल्ममा उनि लिड स्टारकास्ट मध्यका एक थिए ।

रनबिर कपूर र अनुष्का शर्मासँगै फिल्ममा सशक्त भूमिका निभाएका करणले रिलिजपछी राम्रो प्रतिक्रिया पाएनन् । फिल्मले पनि राम्रो विजेनस गरेन । त्यसपछि करणले अभिनयलाई साइड लगाए । उनि आफ्नै काममा लागे अर्थात फिल्म मेकिङ । तर , लकडाउनको समयमा घरमा रहेका करणले आफुले अभिनयमा आउने चाह सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका छन् ।

उनले आफुले आफैलाई दोस्रो अवसर दिने बताउदै लेखेका छन् ,’म पिताको भूमिकाको लागि उपलब्ध छु । यसपटक तपाइँहरुलाई सायद निराश बनाउदिन होला ।’ करणले गरेको यस्तो पोस्टमा टिभी नगरीकी क्विन एकता कपूरले मिस्टर बजाजको रोल अफर गरेकी छिन् । कसौटी जिन्दगीकी स्सिजन २ प्रशारण भइरहेको छ । जहाँ करणलाइ अभिनय गर्न प्रस्ताव गरिएको छ । अब , हेरौँ करणले साचै अभिनय गर्छन् वा त्यो पोस्ट केवल रमाइलोको लागि थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्