फिल्म । अभिनेता प्रदीप खड्कालाई लिएर घोषणा गरिएको फिल्म ‘एक्टर’ मा आना शर्मा अनुबन्धित भएकी छिन् । निर्माण पक्षले उनीसँग सम्झौता गरेको तस्बीर सार्वजनिक गर्दै प्रदीप र आनाको कास्टिङ फाईनल गरेको हो । यी दुइको जोडीलाई लिएर दर्शकमा उत्साह थपिने निर्माण पक्षको विश्वास छ ।
राजन भुसालको निर्देशन तथा थमन कुमार भण्डारीको निर्माण रहने फिल्म अदृत फिल्मसको व्यानरमा निर्माण हुनेछ । छायांकन तय नगरिएको फिल्म आउँदो वर्ष सन् २०२५ मा प्रदर्शन गर्ने लक्ष्य लिइएको छ । यसमा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।
कमेन्ट गर्नुहोस्











