फिल्म । ‘सत्या’ फिल्मको प्रदर्शन मितिभन्दा चार महिना अगावै युट्युबमा ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर र पोस्टर सार्वजनिक गर्यो । कात्तिक २२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘सत्या’ ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई देखाइएको छ । मिलन आले मगर निर्देशित फिल्ममा विकासका अलावा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्षा थिङ्ग, सुमन खत्री, विकास थापा, गौरव सम्राटलगायतको अभिनय छ । निर्देशक मगरले फिल्म सत्य घटनामा आधारित भएर बनेको बताए ।
फिल्ममा विकास चौधरीको संगीत, सुमन कुमार तण्डुकारको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, श्रवण सम्राटको कथा र देव महर्जनको द्वन्द्व छ । फिल्मको गीतमा रामजी लामिछाने, सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी छ । झम्कीदेवी कालाखेती, सुमन खत्री र करण सिंह बोहोरा निर्माता रहेको फिल्ममा मदन थिङ्ग कार्यकारी निर्मातामा छन् ।












