देश । काठमाडौंमा शनिवार नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधयेक’बारे छलफल कार्यक्रममा मन्तव्य राख्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताएका छन् । आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधयेक र कानून बन्छ भन्ने सोच्न पनि नसक्ने उनले बताए ।
युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरेका थिए । आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष विपुल पोखरेलसँगै महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू उपस्थित थिए ।










