इपानको अध्यक्षमा किरण मल्लको दाबेदारी

देश । ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) मा नयाँ कार्यसमितिको लागि उम्मेदवारको चर्चा सुरु भएको छ । आगामी नेतृत्वका लागि अध्यक्ष पदमा ऊर्जा तथा निर्माण व्यवसायी किरण मल्लले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

हाइ हिमाल हाइड्रोका अध्यक्षसमेत रहेका मल्लले वुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित विभिन्न कम्पनिमा नेतृत्वदाई भूमिका निर्वाह गरिसकेका छन् ।

निर्माण व्यवसाय र आफै लगानीकर्ताको रुपमा जलविद्युत आयोजना विकास गरिरहेका मल्ल आफ्नो अनुभवलाई इपानमा प्रयोग गर्न चाहन्छन् । ‘छोराछोरीले व्यवसाय सम्हालिरहेका छन् । यसैले पनि मेरो अनुभव र समय इप्पानलाई बढी दिएर जलविद्युत विकासका लागि नेतृत्वदायि भुमिका खेल्ने चाहना रहेको छ’, अध्यक्षका प्रत्यासी मल्लले भने,’ ३५ वर्ष लामो क्षेत्रगत अनुभवका कारण म दाबेदार हुँ । यस क्षेत्रलाई अझैँ सम्वृद्ध बनाउने मेरो चाहना छ ।

उनले जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल व्यक्तिको रूपमा स्थापित गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्