‘बागमती गट ट्यालेन्ट सिङ्गीङ एन्ड डान्सिङ रियालीटी शो’ हुने

सौन्दर्य। बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गीङ एन्ड डान्सिङ रियालीटी शो’ हुने भएको छ। एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

“गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्दैछौँ। बालबालिकामा सानैदेखि फरकस्तरको पाईने प्रतिभालाई अवसर र मञ्च पाउनबाट वञ्चित गर्नु हुँदैन्”,अध्यक्ष कार्कीले भन्नुभयो,“बागमती प्रदेशका नौ स्थानमा पुगेर प्रतिभाको खोजी गर्नेछौँ। चरणवद्धरुपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको प्रतियोगिता गर्ने योजना छ।” आठ देखि तेह्र वर्षसम्मका बालबालिका सहभागी हुने पाउने शोको अडिसन वैशाख ३० गतेबाट सुरू हुनेछ।

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौंमा चरणवद्धरुपमा अडिसन गररेर छनौट भएका प्रतियोगीलाई काठमाडौंमा ल्याएर पुनः अडिसन गरिने छ। त्यहाँबाट छनौट भएका शोमा सहभागी हुनेछन्। यस शोमा गायन र नृत्य विधामा विजेता हुनेले जनही रुपैयाँ, द्वितीय हुनेले तीस हजार रुपैयाँ र तृतीय हुनेले बीस हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसको निर्णायकमा अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दना रहनुभएको छ। “नयाँ प्रतिभा पाउनेमा विश्वत छौं। हामीले ईच्छा राखेका बालबालिकाको लागि अवसर प्रदान गर्दैछौं”,अभिनेत्री शर्माले भन्नुभयो।

कमेन्ट गर्नुहोस्