फिल्म । अभिनेता/निर्देशक अर्पण थापा र हिरोइन ऋचा शर्माको सुमधुर ‘दोस्ती’ नेपाली फिल्मवृत्तमा छिपेको छैन । फिल्मकर्मी के कुरा, दर्शकहरु पनि उनीहरुको बारेमा थोर बहुत बुझेका छन् । ‘आधा लभ’ ले जुराएको सहकार्य ‘सुनकेशरी’ सम्म पुग्यो । तर दुवै फिल्म अर्पणले निर्देशन गरेका थिए, ऋचाको निर्माण ,अभिनय र लगानी थियो ।
यसबाहेक ‘फिर्के’ र ‘चक्कर’मा एकसाथ अभिनय गरे । तर सोचीए जस्तो फिल्मले रिजल्ट दिन सकेन् । कारण यही हो वा अरु केही, अर्पण–ऋचामा फाटो आएको चर्चा फिल्मनगरीमा चल्न थाल्यो । जसलाई अर्पणको पछिल्लो एक अन्तर्वार्ताले ‘ग्रीन सिग्नल’ दियो । कतिसम्म भने, अर्पणले आफ्ना पाँच प्रिय हिरोइनको लिस्टमासमेत ऋचालाई समावेश गर्न ठानेनन् ।
गत शुक्रबार एक राष्ट्रिय दैनिकमा प्रकाशित सुची अनुसार अर्पणले केकी अधिकारी, स्वस्तिमा खड्का, सिर्जना सुब्बा, प्रियंका कार्की र समूना केसीलाई छानेका छन् । तर जीवन्त र फरक अभिनयबाट चिनिएकी ऋचा अटाइनन् । यसलाई कतिपयले अर्पण र ऋचाबीचको ‘ग्याप’को संकेतका रुपमा अथ्र्याएका छन् ।
त्यसो त, हिरो सहकार्य गरेकै आधारमा मन पर्ने लिस्टमा ऋचालाई राख्नैपर्छ भन्ने पनि होइन । ‘मैले आफ्नो नितान्त विचार राखेको हुँ’ अर्पण भन्छन् ‘त्यसमा ऋचा मात्र होइन् , मेरो रिलिजको क्रममा रहेकी घरकि अभिनेत्री पनि छैनन् ।’ यसलाई उनले नितान्त व्यक्तिगत विचारको रुपमा प्रस्ट्याए । तर अघिल्लो दुइ फिल्म रिलिजको बेलामा अर्पण आफैले केहि भिडियो अन्तर्वार्तामा ऋचाको अभिनयको प्रसंसा नगरेका होइनन् ।
साथै , यी दुइले बनाउने भनिएको फिल्म ‘सुनकेसरी २’ को पनि अत्तोपत्तो छैन । अर्पण निर्देशित नयाँ फिल्म ‘घर’ साउन ३ गते प्रदर्शन हुँदैछ । ऋचाको हातमा कुनै फिल्म थिएनन्, त्यतिबेला । तर ‘घर’मा सुरक्षा पन्त र बेनिशा हमाल छानिए, त्यहिबेलाबाट गाईंगुईं सुनिन थालेको थियो, अर्पण र ऋचाको सम्बन्धमा तुषारापात भयो । व्यक्तिगतरुपमा जे भएपनि आउँदा दिनमा उनीहरुले व्यावसायिक सहकार्य गर्लान् त ? त्यो भने भविष्यले नै बताउला ।










