फिल्म । साउन १८ देखि प्रदर्शन हुने फिल्म ‘मोदीबेनी’ को काठमाडौँमा भव्य प्रिमियर गरिएको छ । फिल्मकर्मीसँगै पत्रकारले फिल्म हेरेका छन् । प्रिमियरमा सहभागी कलाकर्मीले फिल्मले उठान गरेको विषय र ग्रामिण सौन्दर्यतालाई तारिफ गरेका छन् । नव अभिनेता अमरप्रताप श्रेष्ठले अभिनयमार्फत प्रसंशा बटुलेका छन् । फिल्म हेर्न अभिनेता रमेश उप्रेती, विजय बराल, निर्देशक दीपाश्री निरौला, नवल नेपाल, उत्कल थापा लगायत उपस्थित थिए ।
प्रिमियरमा अमर र अभिनेत्री वर्षा सिवाकोटी आकर्षणको केन्द्र बनिरहे । फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रेजिना उप्रेती, दीलिप केसी, सुव्रत आचार्य, कमलमणी नेपाल, प्रविन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। यसलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। यसका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
फिल्ममा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।