पोखरामा ‘हल्कारा’

फिल्म। चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा निर्देशक विक्रम सापकोटाले ‘हल्कारा’ फिल्म नेपाली समाजको व्यथा समेटिएको कथा भएको उल्लेख गरे । लेखक समेत रहेका सापकोटाले धैर्यता र आशालाई समेत कथामार्फत दर्शाउन खोजिएको बताए । घरघरको कथालाई पर्दामा दर्शकले हेर्न पाउने भनाई उनको छ ।’विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई प्रस्तुत गर्न खोजेका हौं । टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ’, उनले भने ।

मुख्य पात्र नायक महेश त्रिपाठीले ‘हल्कारा’ आफ्ना लागि महत्वपूर्ण भएको उल्लेख गरे । हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसैबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए । अफिसियली आफुले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए ।

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । उनले छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए । फिल्ममा बिनिता थापा मगर,शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्