विहिबारबाट सुरू हुँदै निफ

फिल्म। काठमाडौंमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुने भएका छन्। ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

‘महोत्सवका चलचित्रलाई क्यूएफएक्स चेन अन्तर्गतका चार हलमा देखाउदै छौँ। अन्तरक्रिया र छलफल सम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ’,अध्यक्ष पाठकले भने,’रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिदै चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तरक्रिया गर्दैछन्।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा रहेको महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुनेछ ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिनुभयो। यस्तै, निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति ः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्व र अभ्यास, हास्य व्यंग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल चलाइने छ ।

तस्वीर सौजन्य : सुरेन्द्र थापा
कमेन्ट गर्नुहोस्